काठमाडौँ महानगरद्वारा “मौलिक खाद्य स्वच्छता मेला आयोजन” हुँदै

काठमाडौँ महानगरपालिकाले स्थापना दिवसको अवसरमा ‘रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२’ आयोजना गर्ने भएको छ। महानगरको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार मेला मंसिर २८ गते आइतबार बिहान ११:०० बजेदेखि सिहँसान नन्दिकेश्वर वनमा (नारायण चौतारी नजिक) सञ्चालन हुनेछ।

एक दिने यस मेलाको उद्देश्य स्थानीय पहिचानको प्रवर्द्धन, संरक्षण तथा स्वच्छ खानेकुराको उपयोगबारे जनचेतना वृद्धि गर्नु रहेको छ। मेलामा स्थानीय उत्पादन, सांस्कृतिक सम्पदाका परिकार तथा परम्परागत खानेकुरा एकै ठाउँमा प्रदर्शनी र बिक्रीका लागि उपलब्ध हुनेछन्। कार्यक्रमलाई सफल बनाउन उपभोक्ता, स्टेकहोल्डर तथा सरोकारवालाको सक्रिय सहयोगका लागि अनुरोध गरिएको छ।

महानगरका ३२ वटै वडा कार्यालयमार्फत मेनु व्यवस्थापन तथा अन्य तयारी कार्य अगाडि बढाइएको सूचनामा उल्लेख छ। सहभागिताका लागि आवश्यक समन्वय तथा जानकारीका लागि महानगरले सम्बन्धित निकायलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

सम्बन्धित समाचार