प्रतिनिधिसभा निर्वाचनको मनोनयन सकियो: ३ हजार ४८६ उम्मेदवार मैदानमा

मुलुक निर्वाचनको माहोलमा प्रवेश गर्दै गर्दा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन देशभर उत्साह देखिएको छ। १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका छन्।

पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) अन्तर्गत उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका २७५ स्थानका लागि साँझ ५ बजेसम्मको विवरणमा दलगत तथा स्वतन्त्र गरी ३ हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। जसमा पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक रहेको आयोगले जनाएको छ ।

झापा, सर्लाही, चितवनलगायतका महत्वपूर्ण निर्वाचन क्षेत्रहरूमा उल्लेखनीय जनसहभागितासहित मनोनयन दर्ता सम्पन्न भएको छ। उम्मेदवारहरू समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका भए पनि सुरक्षा व्यवस्था कडा बनाइएकाले कुनै अप्रिय घटना नभएको जनाइएको छ। आउदो चुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रमा उमेद्वारी परेको जनाइएको छ । कांग्रेसले ७८ र एमालेले ५४ प्रतिशत नयाँ अनुहारलाई उमेद्वार बनाएको छ । बालेन साहले झापा ५ बाट उमेद्वारी दिएपछि त्यहाको माहोल भने रोचक बनेको छ ।

सम्बन्धित समाचार