यूएईद्वारा २६७ नेपाली बन्दीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले आफ्नो ५४औँ राष्ट्रिय दिवस को अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी प्रदान गरेको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्तीमार्फत यूएई सरकारको निर्णयप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको हो। सरकारले आममाफीलाई नेपाल–यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मित्रता, सद्भाव र सौहार्दताको महत्वपूर्ण प्रतीकका रूपमा लिएको छ।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारबाट उक्त आममाफी प्रदान गरिएको जनाइएको छ ।

आममाफी पाएका नेपाली नागरिकहरू अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा, यूएईका प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।

सम्बन्धित समाचार