अध्यागमन विभाग ले राहदानीमा ‘रोजगारी गर्न कडाइका साथ मनाही’ जस्तो टिप्पणी उल्लेख गरिएको प्रकरणमा संलग्न दुई जना अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित जिम्मेवारीबाट हटाएको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संयुक्त अरब इमिरेट्स (UAE) प्रस्थान गर्न लागेका नेपाली नागरिकहरूको राहदानीमा उक्त विवरण लेखिएको पाइएपछि विषयलाई गम्भीर रूपमा लिँदै छानबिन समिति गठन गरिएको हो। विभागका अनुसार यस्तो टिप्पणी गर्ने कुनै आधिकारिक नीति वा निर्णय नभएको स्पष्ट गरिएको छ।
प्रचलित कानून र विभागीय निर्णयविपरीत गएर गरिएको कार्यका कारण ती अधिकृतहरूलाई तत्काल जिम्मेवारीबाट हटाइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाइने पनि विभागले जनाएको छ।
विभागले यस किसिमका गैरकानुनी गतिविधि दोहोरिन नदिन कडाइ गरिने र सेवाग्राहीलाई अनावश्यक दुःख नदिन सबै निकाय सचेत रहनुपर्ने उल्लेख गरेको छ।

You must be logged in to post a comment.