शुक्रबारबाट नेपालले नयाँ राजनीतिक अध्याय सुरु गरेको छ। देशले ४३ औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन)लाई पाएको छ । प्रधानमन्त्रीको सपथ लिएसँगै शाहले सिंहदरवार पुगि कार्यभार सम्हालेका छन् । प्रधानमन्त्री सँगै शाहले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राख्दै राखेका छन्। उनको नेतृत्वमा गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद् मा प्राविधिक पृष्ठभूमि भएका व्यक्तित्व र युवाहरूको बाहुल्यता देखिन्छ।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ, सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री र सुधन गुरुङ गृहमन्त्री बनेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सुनिल लम्साल ले सम्हालेका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ लाई दिइएको छ।
गणेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेल ले सम्हालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता लाई दिइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विक्रम तिमिल्सिना को जिम्मामा छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसँगै सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल ले सम्हालेकी छन्।
कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्रालय गीता चौधरी को जिम्मेवारीमा छ। श्रम, रोजगार मन्त्रालय दीपक साह ले सम्हालेका छन् भने महिला, बालबालिका तथा नागरिक मन्त्रालय सीता वादी लाई दिइएको छ। मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्रीको सहभागिता रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको यस सरकारबाट देशमा सुशासन, विकास र परिवर्तनको अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् (सूची)
- बालेन्द्र शाह — प्रधानमन्त्री, रक्षा तथा उद्योग मन्त्री
- स्वर्णिम वाग्ले — अर्थ मन्त्री
- सोविता गौतम — कानुन मन्त्री
- शिशिर खनाल — परराष्ट्र मन्त्री
- सुधन गुरुङ — गृहमन्त्री
- सुनिल लम्साल — भौतिक पूर्वाधार तथा यातायात मन्त्री
- विराजभक्त श्रेष्ठ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
- गणेश पौडेल — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
- सस्मित पोखरेल — शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री
- निशा मेहता — स्वास्थ्य तथा जनसंख्या मन्त्री
- विक्रम तिमिल्सिना — सञ्चार तथा सूचना प्रविधि मन्त्री
- प्रतिभा रावल — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सामान्य प्रशासन मन्त्री
- गीता चौधरी — कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री
- दीपक साह — श्रम, रोजगार मन्त्री
- सीता वादी — महिला, बालबालिका तथा नागरिक मन्त्री
You must be logged in to post a comment.