प्रधानमन्त्री वालेन्द्र शाह ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरूका साथै काठमाडौँस्थित विभिन्न मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान समयको गम्भीरता र सरकारमाथि आएको जिम्मेवारीप्रति आफूहरू पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको बताउनुभयो। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने उहाँले स्पष्ट पार्नुभयो।
“नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य रहने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक स्थिरताको संरक्षणमा सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री शाहले भन्नुभयो।
उहाँले सुशासन, समावेशी आर्थिक वृद्धि र जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। विश्व बजारबाट लाभ लिन, विदेशी लगानी आकर्षित गर्न, प्रक्रियालाई सहज बनाउन तथा नवप्रवर्तन र दिगो विकासलाई प्रोत्साहन गर्न सरकार सक्रिय रहेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने बताउँदै छिमेकी मुलुक, विकास साझेदार तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहने स्पष्ट पार्नुभयो।

नेपालको विकासमा निरन्तर सहयोग पुर्याएको भन्दै उहाँले विकास साझेदार तथा मित्रराष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउन नेपाल इच्छुक रहेको उहाँले बताउनुभयो।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकले ठूलो पीडा भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
भेटमा सहभागी काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा अन्य मुलुकका प्रतिनिधिहरूले नेपालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए। साथै, सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री
You must be logged in to post a comment.