श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो

नेपाली श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । श्रम मन्त्रालयको संयोजनमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि यो दर साउन १ गतेदेखि लागू हुनेगरी निर्धारण गरिएको हो।

यसअघि निर्धारण गरिएको न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ थियो, जसमा १० हजार ८२० आधारभूत तलब र ६ हजार ४८० रुपैयाँ महँगी भत्ता समावेश थियो। नयाँ संरचनाले अघिल्लो तलबभन्दा २ हजार २५० रुपैयाँले वृद्धि भएको छ।

त्रिपक्षीय सहमतिमा आधारित यो नयाँ दरअनुसार अब श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १९,५५० रुपैयाँ हुनेछ। यसमा १२,१७० रुपैयाँ आधारभूत तलब र ७,३८० रुपैयाँ महँगी भत्ता समावेश गरिएको छ।

श्रेणीआधारभूत तलब (रु.)महँगी भत्ता (रु.)जम्मा (रु.)
मासिक१२,१७०७,३८०१९,५५०
दैनिक४७० २८४ ७५४
प्रतिघण्टा६३३८१०१
आंशिक काम (प्रति घण्टा न्यूनतम)१०७

प्रतिघण्टा काम गर्ने श्रमिकले अघिल्लो संरचना अनुसार ८९ रुपैयाँ पाउँथे—जसमा ५६ रुपैयाँ आधारभूत तलब र ३३ रुपैयाँ भत्ता थियो। आंशिक काम गर्ने श्रमिकको घण्टाको तलब ९५ रुपैयाँ थियो। अब नयाँ दरअनुसार यी पनि पुनःसमायोजन हुनेछन्।

चिया बगानमा कार्यरत श्रमिकका लागि भने अझै छलफल आवश्यक भएकाले तलब दर तत्काल लागू हुने छैन। श्रम ऐन २०७४ अनुसार, प्रत्येक दुई आर्थिक वर्षमा श्रमिकको न्यूनतम तलब पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ। अघिल्लो तलब संरचना २०८० साउन १ बाट लागू भई २०८१ असार ३२ मा सकिएको थियो।

सम्बन्धित समाचार