चालु आर्थिक वर्षको वैशाखसम्म ४५ अर्बभन्दा बढीको विदेशी लगानी स्वीकृत

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्म ७२८ वटा उद्योगमा कुल ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी बराबरको प्रत्यक्ष वैदेशिक लगानी (FDI) स्वीकृत गरेको छ। उद्योग विभागअन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार सबैभन्दा बढी लगानी कृषि तथा वनजन्य क्षेत्रमा आएको देखिएको छ।

प्रतिवेदनअनुसार कृषि तथा वनजन्य क्षेत्रमा २२ अर्ब ८ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा १२ अर्ब ५४ करोड रुपैयाँ तथा सेवा क्षेत्रमा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधि तथा सञ्चार (ICT) क्षेत्रमा सबैभन्दा धेरै ४२१ वटा उद्योग स्वीकृत भएका छन्।

वैशाख महिनामा मात्रै ११३ वटा उद्योगमा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यस अवधिमा २३ हजार ५३० जनालाई रोजगारी सिर्जना हुने प्रतिबद्धता समेत प्राप्त भएको छ।

त्यस्तै, वैशाख महिनामा ८४ जना लगानीकर्तालाई व्यवसायिक भिसा सिफारिस गरिएको छ भने ४२ जना आश्रित, ४० जना प्रतिनिधि र ७ वटा विज्ञापनसम्बन्धी भिसा सिफारिस गरिएको उल्लेख छ।

सम्बन्धित समाचार