देशभर फैलिएको जेन जेडको आन्दोलनले होटल तथा प्राइभेट उद्योगहरूमा ठूलो क्षति पुगि हजारौको रोजगारी गुम्ने देखिएको छ । तोडफोड, आगजनी र लुटपाटका कारण विशेषगरी राजधानी काठमाडौंका ठूला होटलहरू, डिपार्टमेन्ट स्टोरहरु गम्भीर रूपमा प्रभावित भएका छन्।
राजधानीको हिल्टन, हायातसहित दुइ दर्जन होटलहरुमा भएको क्षतिले पर्यटन र अतिथि सत्कार क्षेत्रमा नकरात्मक असर परेको छ । यसै क्रममा होटल व्यवसायीहरूले वास्तविक विवरण नआइसके पनि प्रारम्भीक तथ्यले हजारौको संख्यामा होटल व्यवसायको क्षेत्रबाट रोजगारी गुम्ने अनुमान गरेका छन्।
होटल एसोसिएसन नेपालका पदाधिकारीहरूको भनाइअनुसार होटलहरूमा भएको क्षतिले यसको सञ्चालन लामो समयसम्म अवरुद्ध हुने देखिएकाले रोजगारी गुमाउनेहरूको संख्या अझै बढ्न सक्नेछ। उता भाटभटेनी सुपरमार्केटका १२ वटा स्टोरहरुमा क्षति पुगेको छ । दशैको मुखमा भाटभटेनीका मात्रै ५ हजार भन्दा बढिले रोजगारी गुमाउने बताइएको छ ।
जेन जेडको गत भदौ २३ र २४ गतेको आन्दोलनसँगै उग्रभएको अराजक समुहका उश्रृखल घटनाका कारण हजारौँ युवा बेरोजगार हुने अवस्थाले मुलुकमा थप चुनौती निम्त्याएको छ।