राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।
३६ वर्षीय बालेन यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा ६१ हजार ७ सय ६७ मत ल्याउँदै निर्वाचित भएका थिए। महानगरमा लोकप्रियता कमाएका उनले यसपटक झापा–५ बाट उम्मेदवारी दिंदै एमाले अध्यक्ष ओलीलाई चुनौती दिएका थिए।
यस ऐतिहासिक जितसँगै बालेन शाह ३६ वर्षकै उमेरमा नेपालको प्रधानमन्त्री बन्ने पक्का भएको छ।