रसुवाको भोटेकोशी बाढीपछि प्रभावित विभिन्न जिल्लामा हालसम्म ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, चितवनमा २६४ र तनहुँमा ३७ जना रहेका छन्।
उद्धारको क्रममा नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ुएु जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।
प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।