हमास र इजरायलबीच युद्धविराम लागू हुनु अघि एक परोपकारी संस्थाले पकाएको खाना लिनका लागि प्यालेस्टिनीहरू भेला भएको यो तस्वीर अत्यन्तै दर्दनाक देखिएको छ । यो तस्वीर रयटर्सका लागि हातेम खालेदले लिएका हुन् । मानवीय सहायता संस्थाहरूले युद्धविराम सुरु भएपछि सहायताको बाढी आवश्यक पर्ने भन्दै आह्वान गरेका छन्। गाजामा हाल औषधि, इन्धन, खाना र अन्य आधारभूत आवश्यकताहरूको तीव्र अभाव रहेको छ। इजरेल र हमास बीच आइतबारबाट युद्धविराम लागू भएको छ ।
हमास र इजरायलबीच युद्धविराम लागू हुनु अघिको दर्दनाक अबस्था