वैदेशिक रोजगारीबाट फर्किएर उद्यम थालेका आठ युवा उद्यमी श्रम मन्त्रालयद्वारा पुरस्कृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम थालेका आठ जना उद्यमीहरूलाई सम्मान गरेको छ। बैदेशिक रोजगारी फर्किएर उद्यम सुरु गरेका उद्यमीहरु मध्येबाट परेका आवेदनको मुल्याँकन गरी सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कार तथा एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो।

मंगलबार मन्त्रालयमा आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी र श्रम मन्त्रालयका सचिव डा कृष्ण हरि पुष्करले पुरस्कृत उद्यमीहरूलाई प्रमाणपत्र र नगद राशीसहित सम्मान गर्नुभएको थियो।

यस वर्षको ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ झापाका रविन पोखरेललाई प्रदान गरिएको छ। उनले १,५०,००० राशिसहित प्रमाणपत्र प्राप्त गरेका छन्। पोखरेलले वैदेशिक रोजगारीबाट फर्किएपछि सीप विकास तालिमको माध्यामबाट रोजगारी सिर्जनाको क्षेत्रमा सशक्त योगदान दिँदै आएका छन्।

त्यस्तै ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्राप्त गर्ने अन्य उद्यमीहरू सातै प्रदेशबाट एक एक जना रहेका छन् ।

राजिव खड्का, मोरङ, कोशी प्रदेश — नगद रु. ७५,०००

शंकर सिम्खडा, जीतपुरसिमरा, बारा, मधेस प्रदेश — नगद रु. ७५,०००

कुमार श्रेष्ठ, दोलखा, बागमती प्रदेश — नगद रु. ७५,०००

बसन्त बहादुर खड्का , तनहुँ, गण्डकी प्रदेश — नगद रु. ७५,०००

शोभाखर पौडेल, अर्घाखाँची, लुम्बिनी प्रदेश — नगद रु. ७५,०००

लक्ष्मी प्रसाद ढकाल, वीरेन्द्रनगर, सुर्खेत ,कर्णाली प्रदेश — नगद रु. ७५,०००
तर्क सिंह विष्ट, वैतडी ,सुदुर पश्चिम प्रदेश — नगद रु. ७५,०००

वैदेशिक रोजगारीबाट फर्किएर उद्यमशीलताको विकास, आत्मनिर्भरता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो।

सम्बन्धित समाचार